दिनदहाडै खुकुरी प्रहार

ठाकुरसिंह थारु

नेपालगञ्ज — नेपालगन्ज उपमहानगरपालिका–७ डिएसपी रोड नजिकै अरबीहुसेन अन्सारीमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो घाउ बनेको छ । 

दिनदहाडै खुकुरी प्रहार

अन्सारीको टाउकोमा २० वटा टाँका लागेको र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


घटनामा संलग्न रहेकाे आरोपमा नेपालगन्जकै सुदेश शाह र गोपाल श्रेष्ठलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

उनका अनुसार पुरानो रिसइबीका कारण उक्त घटना भएको हो । घटनामा संलग्न भनिएका मुन्नी खान फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?