संघ मातहतमा रहेका यहाँका १९ अस्पताल प्रदेश सरकार मातहतमा आएका छन् । त्यसमा ३ अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ४ आयुर्वेद अस्पताल छन् ।
यहाँका ६ स्थानीय तहमध्ये शीतगंगा नगरपालिकाबाहेक सबै गाउँमा वर्षामा पनि गाडी चल्छन् । भौगोलिक जटिलता र चुरे क्षेत्र धेरै भएकाले वर्षामा नगरका सबै ठाउँका सडक पहिरो र भेलले बिगारेको छ ।
निरन्तर वर्षाले जिल्ला भित्रिन र बाहिरिन समस्या भइरहेको छ । वर्षाले मध्यपहाडी लोकमार्गअन्तर्गत मुसीकोट नगरपालिकाको बैरीदहदेखि सिस्ने गाउँपालिकाको रुकुमकोट खण्डका विभिन्न ठाउँमा झरेको पहिरोले यात्रु समस्यामा पर्ने गरेका छन् ।
तिनाउ गाउँपालिका २ हरियाली गाउँमा बस्ती बसेको ४४ वर्ष भयो । जंगलको बीचमा ९० घरपरिवारको बसोबास छ । तर, स्थानीयले यसअघि गाउँमा प्रहरी आएको भेटेका थिएनन् ।
पर्यटकीय स्थल नरपानीमा प्रसाद ग्रहण गर्न आएका दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् । पिकनिक स्पोट्समा कपिलवस्तुको चार नम्बरबाट आएको र सन्धिखर्कबाट गएको समूहबीच सामान्य भनाभनले उग्ररुप लिएपछि दुई घण्टासम्म झडप भएको प्रहरीले जनाएको छ ।
रूपन्देहीको तिलोत्तमा ३ का तिलक पाण्डे अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । पत्नीले शारीरिक तथा मानसिक हिंसा गरेको आरोप लगाउँदै भदौ ३ मा उनी जिल्ला अदालत रूपन्देही पुगेका हुन् ।