कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हत्या अभियुक्त ७ वर्षपछि पक्राउ

दाङ — व्यक्ति हत्याको अभियोगमा एक जनालाई प्रहरीले घटना भएको ७ वर्षपछि पक्राउ गरेको छ ।

हत्या अभियुक्त ७ वर्षपछि पक्राउ

२०६८ असार २८ गते घोराही उपमहानगरपालिका १० दक्षिण अम्राईमा धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका १ भालुबाङका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या गरिएका घर्ती रुकुम सिस्ने गाउँपालिका ४ घर भई तत्कालीन अवस्थामा दक्षिण अम्राईमा बस्दै आएका थिए । घर्ती र बुढाले संयुक्त रूपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकामा तीन लाख रुपैयाँको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए ।

घटनालगत्तै प्रहरीमा रुकुम उत्तरगंगा गाउँपालिका १२ का ४२ वर्षीय गोकर्ण गुरुङका नाममा किटानी जाहेरी परेको थियो । गुरुङलाई प्रहरीले गत साउन १७ गते पक्राउ गरेको थियो । अनुुसन्धानका क्रममा गुरुङ दोषी नदेखिएपछि प्रहरीले नयाँ अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा बुढा दोषी देखिएपछि उनको खोजी थालिएको थियो । खोजतलासका क्रममा बुढा बागलुङको ढोरपाटन नगरपालिका ९ ढोरपाटनमा आलु खेती गरी बसिरहेको सूचना पाएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बुढालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको एसपी शर्माले बताए ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?