कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

पर्यटकीय गन्तव्य बन्दै तकसेरा

हरि गौतम

रुकुमपूर्व — पुथाउत्तरगंगा गाउँपालिकाअन्तर्गत १० र ११ नम्बर वडामा रहेको तकसेरालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । ५ नम्बर प्रदेश सरकारले गन्तव्य बनाउने तयारी गरेको हो ।

पर्यटकीय गन्तव्य बन्दै तकसेरा

मगर समुदायको बाहुल्यता तथा मिलेको बस्तीलाई गन्तव्य बनाउने निर्णय गरिसकेको छ ।

तकसेरालाई पर्यटकीय गन्तव्य बनाउन चालु आर्थिक वर्षमा सरकारले बजेटसमेत विनियोजन गरेको छ । ‘तकसेरालाई पर्यटकीय गन्तव्य बनाउने तयारी स्वरूप चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको छ,’ प्रदेशसभा सदस्य तथा उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य तेजबहादुर ओलीले भने, ‘त्यसका लागि अन्य आवश्यक तयारी पनि थालिसकिएको छ ।’

गन्तव्य बनाउन परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनका साथै भौतिक पूर्वाधारका काम चालु आर्थिक वर्षमा सुरु गरिनेछन् । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले उक्त योजनाको कार्यान्वयन गर्ने छ ।

यसमा स्थानीय तह वडा तथा सर्वसाधारणलाई समेत सहभागी गराउने गरी निर्देशिका तयारी भइरहेको सांसद ओलीले बताए । उनका अनुसार चालु वर्षमा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, तकसेरा पुग्ने र तकसेराबाट बाहिर जाने पदमार्गको निर्माण, होमस्टेका लागि आधारभूत तालिम, होमस्टे स्थापना तथा सञ्चालन, तकसेरा र त्यस आसपासका पर्यटकी क्षेत्रको प्रचार प्रसार डकुमेन्टेसन र मर्मत सम्भारका काम पनि यसै वर्षमा हुनेछन् ।

सार्वजनिक शौचालय निर्माण, मगर समुदायको जातीय वेशभूषा, चालचलन, खानपानलगायत समेटिएको संग्राहलय स्थापना पनि चालु वर्षमै गर्ने तयारी छ ।

पहिल्यै हेर्नलायक मिलेको गाउँ रहेको तकसेरालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर समग्र जिल्लाको पर्यटकीय प्रचार प्रसारका साथै पर्यटन मार्फत नै विकास गर्न सकिने सम्भावना रहेको सांसद ओलीले बताए ।

‘नमूना पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित प्रदेश सरकारले चालु वर्षमा बजेट विनियोजन गरेको हो, यसबाट तकसेरा मात्रै नभएर समग्र जिल्लालाई नै पर्यटकीय गन्तव्य बनाउन टेवा पुग्ने गरी काम गर्ने योजना छ,’ ओलीले भने । प्रदेश सरकारबाट तकसेरालाई पर्यटकीय गन्तव्य बनाउने गरी बजेट विनियोजन भएपछि स्थानीय पनि खुसी भएका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?