कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कारविरुद्ध कडा कानुन माग्दै हस्ताक्षर

बुटवल — बलात्कारविरुद्ध कडा कानुन बनाउन माग गर्दै बिहीबार यहाँ हस्ताक्षर संकलन गरिएको छ ।

बलात्कारविरुद्ध कडा कानुन माग्दै हस्ताक्षर

सञ्चारिका समूह लुम्बिनीले फितलो कानुनी प्रक्रियाका कारण यस्ता घटना बढ्दै गएकाले रोक्न कडा कानुन र सहज कानुनी प्रक्रियाको माग गरेको हो । बलात्कार तथा यौन हिंसाका घटनामा राखिएको हदम्याद हटाउनुपर्ने र आरोपीलाई आजीवन कारावास व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

यस्ता घटनामा द्रुत अदालती प्रक्रिया र शून्य सहनशीलता अपनाउने भनिए पनि त्यसो हुन नसकेको भन्दै यसलाई व्यवहारमा पालना गर्न माग गरे । ‘घरमा आफन्तबाट छोरीचेली र विद्यालयमा शिक्षकबाट छात्रा बलात्कृत भएका छन्,’ सञ्चारिका समूह लुम्बिनीकी उपाध्यक्ष निरू गौतमले भनिन्, ‘यो असुरक्षा हटाउन कडा कानुन आवश्य छ ।’ पुष्पलाल पार्कमा हस्ताक्षर संकलन गरिएको थियो । एक हजारभन्दा बढीले हस्ताक्षरमार्फत समर्थन जनाएका थिए ।

रेडियो मुक्तिकी स्टेसन म्यानेजर कल्पना तिवारीले धेरै घटना मादकपदार्थको सेवन गरेका र अश्लील भिडियोले उत्तेजित भएपछि हुने गरेको बताउने भएकाले यसमा प्रतिबन्ध लगाउन आग्रह गरिन् । यौन विचलन र यौन कुण्ठाले बलात्कार बढेको बताउँदै सहभागीले यस्तो कुण्ठा र विचलन हटाउन सरकारी तबरबाटै काम गर्न आग्रह गरे ।

बलात्कारविरुद्धको अभियानमा पुरुषहरू सहभागी भए अझ प्रभावकारी हुने उनीहरूको जिकिर थियो । पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसीले आफन्त, नातेदार र शिक्षकबाट हुने बलात्कारका घटनाले पुरुषलाई कलंकित बनाएको बताए ।

संकलन गरिएका हस्ताक्षर मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीसमक्ष पुर्‍याइने उपाध्यक्ष गौतमले बताइन् ।

प्रकाशित : भाद्र २२, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?