कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला 

अमृता अनमोल

बुटवल — रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको हो । 

रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला 

गाई चराउन गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय छपिया र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो ।


युवतीको घाटीमा निलडाम छ । प्रहरीले शव नजिकै महिला र पुरुषका चप्पल फेला पारेको छ ।

युवतीको बलात्कार पछि हत्या गरेको स्थानीयको दाबी छ । हत्या कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमोद ढुंगानाले घटनास्थलको अध्ययन र शवको परीक्षणपछि कारण पत्ता लाग्ने बताए । शव अहिले पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पताल ल्याइएको छ । युवतीको पहिचान समेत नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७५ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?