२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देवचुली बालमैत्री नगरपालिका घोषणा

नारायण शर्मा

नवलपरासी — देवचुली नगरपालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । नेपालकै पहिलो प्रगतिनगर गाविस बालमैत्री घोषणा भएको ५ वर्षपछि देबचुली नगरपालिका नेपालकै दोश्रो र गण्डकी प्रदेशको पहिलो वालमैत्री नगर घोषणा भएको हो । 

देवचुली बालमैत्री नगरपालिका घोषणा

नवलपरासीकै सुनवल नगरपालिका मुलुककै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यबिधिमा ब्यवस्था भएका सूचकहरु पुरा गरे पछि बालमैत्री नगरपालिका घोषणा भएको हो ।


नगरपालिकालाई बालमैत्री घोषणा गर्नु पूर्व बालबाललिकाको जन्म, मृत्यु दर्ता, खोपको सबै चरणको सुनिश्चितता, निकृष्ट बालश्रम उन्मुलन, बिद्यालयमा छात्रा शौचालयको अलग ब्यवस्था, आधारभूत तहको शिक्षाको अवसरमा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रकृयामा बालबालिकाको सहभागिता लगायतका ४३ वटा सूचक पूरा गरेपछि नगरपालिका बालमैत्री घोषणा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खडकाले बताए ।


देवचुली नगरपालिकामा परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीको प्रमुख आतिथ्यतामा बालमैत्री नगरपालिका घोषणा कार्यक्रम सम्पन्न भएको हो । बालमैत्री घोषण सभामा बोल्दै मन्त्री ज्ञवालीले ७० वर्षसम्मको संघर्षपछि प्राप्त गणतन्त्रले आकार लिदै गएको र सबैको सकारात्मक चिन्तन देश विकासकालागि आवश्यक हुने बताए । उनले विकासको एजेण्डालाई जनताले प्राथामिकतामा राखेको र सरकार जनचाहाना अनुसार हिडिरहेको दाबी गरे ।


बालमैत्री घोषणा सभा अघि नगरपालिका क्षेत्र बिभिन्न संस्थाले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?