कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने पूर्व प्रहरी हवल्दार पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पूर्व प्रहरी हवल्दार पक्राउ परेका छन् । दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौ पेप्सीकोला बस्ने ५१ बर्षीय कालीबहादुर लामालाई प्रहरीले काठमाडौबाट पक्राउ गरी दाङ ल्याएको छ ।

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने पूर्व प्रहरी हवल्दार पक्राउ

लामाले भगौडा प्रहरी जवानको खाली ठाउँमा भर्ती गरिदिन्छु भन्दै शारदा नगरपालिका–३ बडाखोला सल्यानका २० वर्षीय गणेश भण्डारी लगायत १० भन्दा बढीबाट प्रतिव्यक्ति २ लाख ५० हजार रुपैया ठगी गरेको जिल्ला प्रहरी प्रमुख एस्पी कृष्णहरि शर्माले बताए ।


लामालाई गत बुधबार काठमाडौंमा पक्राउ गरी दाङ ल्याइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लामालाई आइतबार सार्वजनिक गरिएको छ । ठगीमा परेका व्यक्तीहरु प्रहरी सम्पर्कमा आउने क्रम जारी रहेको र थप अनुसन्धान भैरहेको एस्पी शर्माले बताए । दाङ प्रहरीमा ठगी गरेको जाहेरी परेपछि प्रहरी लामाको खोजीमा भदौ १७ देखि काठमाडौंमा खटेको थियो । दश दिनपछि मात्रै लामालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?