किशोरी बलात्कार र हत्या प्रकरणः न्याय माग्दै नेपालगन्जमा सिठी जुलुस

ठाकुरसिंह थारु

नेपालगन्ज — बलात्कारपछि हत्या गरिएकी कन्चरपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि आईतबार जिल्ला प्रशासन कार्यालयमा बाँकेमा धर्ना दिइएको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणः न्याय माग्दै नेपालगन्जमा सिठी जुलुस

निर्मलाका लागि न्याय भन्दै प्रर्दशन गरिएको हो । प्रर्दशनपछि सिठी जुलुस गरिएको आयोजकले जनाएको छ । बलात्कारपछि हत्या गरिएको करिब दुई महिनासम्म पनि सरकारले हत्याराको पत्ता लगाउन नसकेको भन्दै सर्वसाधारणहरु आक्रोशित बनेका छन् ।


प्रर्दशनमा सर्वसाधारण, अधिकारकर्मी, कानुनी व्यवसायी, उद्योगीहरुको स्वतःस्फूर्त रुपमा सहभागिता रहेको अधिकारकर्मी विश्वजित तिवारीले जानकारी दिए ।


निर्मलाका लागि न्याय भन्दै शनिबार नेपालगन्ज र कोहलपुरमा प्रर्दशन भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?