प्रदेश ५ मा फागुन ३ गते प्रदेश स्थापना दिवस

घनश्याम गौतम

रुपन्देही — प्रदेश ५ को आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस घोषणा गरेको छ । प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा दिने र विविध कार्यक्रम गर्ने पनि सरकारले निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम संचालन कार्यविधि पनि स्वीकृत गरेको छ । प्रदेश सरकारले प्रदेश ५ का ३५ स्थानीय तहमा गरिवी घटाउने उद्देश्यले मुख्यमन्त्री कार्यक्रम संचालन गर्न १७ करोड बजेट बिनियोजन गरेको छ । बैठकले नदीजन्य पदार्थ व्यवस्था कार्यविधि पनि स्वीकृत गरेको छ ।

Yamaha


सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले जिल्ला सभा संचालन र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

त्यस्तै प्रदेश ५ का बासिन्दाको सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ का विभुषण सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता चौधरीले बताए ।

प्रकाशित : भाद्र ३१, २०७५ १८:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी 

फातिमा बानु

काठमाडौँ — रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था गम्भीर बन्दै गएको छ । १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे  एसिड आक्रमण भएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचाररत एसिड प्रहारबाट घाइते दिदीबहिनी । तस्बिर : फातिमा 

उनीहरूको हाल काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको हो ।

उनीहरु तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गए । घरमा आमा र कान्छी बहिनी पनि थिए । बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ (पुलहाउस) कुर्न गएका थिए । राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन् । दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले । सुस्मिताले घटना भएको रात सम्झिइन्, ‘हामीलाई एसिड हान्ने व्यक्ति देखेनौं, तर कुन बेला पानीमा डुबौंजस्तो मात्रै भएको थियो ।’

बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए । के भएको भनेर उनलाई थाहा थिएन । तेजाब हानेको भन्ने गाइँगुइँ सुनेपछि उनको हंसले ठाउँ छोडयो । उनले त्यो रात सम्झिए, ‘एम्बुलेन्स बोलाउँछु भनेर फोन निकाले हात कामेर नम्बर डायल गर्न सकिनँ, एउटै स्कुटरमा बच्चाहरुलाई राखेर अस्पतालतिर बत्तिएँ ।’ जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर भएका हुन् ।

सम्झनाको अवस्था निकै गम्भीर भएको उनको उपचारमा संलग्न डाक्टर पीयूष गिरीले बताए । उनले भने, ‘शरीरको ३५ प्रतिशत भाग जलेको छ, घाउ पनि निकै गहिरो छ ।’ २० प्रतिशतभन्दा बढी जलेका बिरामीको ज्यान जाने जोखिम हुने उनले बताए । एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । होसमा त छिन् तर बोल्न, खान या केही प्रतित्रिलया दिनसक्ने अवस्थामा छैनन् । शल्यक्रिया गरी उनको जलेको भाग काटेर फालिएको छ । अझै धेरै शल्यक्रिया गर्नुपर्ने डा. गिरीले बताए ।

सुस्मिताको भने अवस्था सुधारउन्मुख भएको डाक्टरको भनाई छ । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ । ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त भएको डा. गिरीले बताए । ठीक हुन भने केही समय लाग्ने उनको भनाई छ ।

राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन् । उनीहरूले गाउँकै प्रहरी कार्यालयमा खबर गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको आफूलाई बताएको बुबा जादोरलालले जनाए । गाउँमा जग्गा विषयमा केही व्यक्तिसँग उनको विवाद चलिरहेको थियो । उनलाई तिनै व्यक्तिले छोरीहरूमाथि एसिड छयापेको आशंका छ । उनी भन्छन्, ‘तेरो जिन्दगी बर्बाद गरिदिन्छु भनेर धम्की दिइरहन्थे, मैले धम्कीलाई गम्भीर रूपमा लिएको थिइनँ ।’

कमजोर आर्थिक अवस्थाका जादोरलाले उपचारका लागि समेत आफूसँग खर्च नभएको दुखेसो पोखे । गाउँमा चन्दा उठाउन लगाएर उपचार खर्च जुटाएको उनी बताउँछन् । उनी भन्छन्, ‘ उपचार त जसरी पनि गरौंला, निर्दोष छोरीमाथि एसिड हान्नेलाई कारबाही होस्, हामीलाई न्याय होस् ।’

प्रकाशित : भाद्र ३१, २०७५ १८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT