३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बाँकेका पेट्रोलियम पम्पहरुमा अनुगमन 

ठाकुरसिंह थारु

नेपालगन्ज — संयुक्त बजार अनुगमन समितिले बाँकेमा सञ्चालनमा रहेका पेट्रोलियम पम्पहरुको अनुगमन सुरु गरेको छ । 

बाँकेका पेट्रोलियम पम्पहरुमा अनुगमन 

गुणस्तर र परिणाममा उपभोक्ताहरुले प्रश्न उठाएपछि अनुगमन सुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले जानकारी दिए । उनका अनुसार मंगबार सीमावर्ती जमुनाहा क्षेत्रका पम्पको निरीक्षण गरिएको छ ।


निरीक्षणका क्रममा पम्पहरुले उपभोक्ताका लागि शौचालय नबनाएको, आपतकालिन् अवस्थाका लागि पानी ट्याङकी नराखिएको पाइएको छ । नेपालगन्जमा मात्रै दर्जन बढी पम्प छन् । पेट्रोलियम पदार्थको अनुगमनपछि खाद्यन्न, बजार मूल्य बारे अनुगमन गरिने छ ।

प्रकाशित : आश्विन २, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?