कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दर्जन खानेपानी आयोजना अलपत्र

नवीन पौडेल

पारसी — बजेट अभाव भएपछि पश्चिम नवलपरासीको आर्सेनिक प्रभावित क्षेत्रमा निर्माणाधीन एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र परे

दर्जन खानेपानी आयोजना अलपत्र

का छन् । तीन वर्षअघि सुरु भएका आयोजनाअन्तर्गत डिप बोरिङ खन्नेबाहेक काम हुन सकेका छैनन् । यसले आयोजना रोकिने चिन्तामा स्थानीय छन् ।

तराई–मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालित पाँच आयोजनाको काम रोकिएको हो । त्यस्तै साना आयोजनामध्येका सातवटाको काम बजेट अभावमा पूरा हुन सकेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीमार्फत काम सुरु भएको थियो । कार्यालय खारेज भएपछि आयोजनाको भविष्य के हुने भन्ने अन्योल छ । अहिलेसम्म कर्मचारीले काम गरिरहेको भए पनि थप योजना र बजेट आउने/नआउने भन्नेमा कर्मचारी अन्योलमा छन् ।

अधिकांशमा बोरिङ मेसिन गाडेर ओभर हेड ट्यांकी निर्माण गरिए पनि पाइपलाइन विस्तार हुन सकेको छैन । आर्सेनिकको मात्रा उच्च भएको क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना सुरु भए पनि काम अगाडि नबढदा स्थानीय आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । बर्दघाट नगरपालिका ३ करमंहिया, सुनवल ३ पञ्चभैया, सरावल गाउँपालिका १ खोकरपुरा र वडा नम्बर ४ बडसार तथा सुस्ता गाउँपालिकाको कुँडियामा आयोजना सञ्चालनमा छन् ।

तीन वर्षभित्र पूरा हुने अनुमान गरिएको थियो । सम्झौता समय सकिन लाग्दा ४० प्रतिशत पनि काम भएको छैन । १९ करोडको लागतमा निर्माणाधीन यी आयोजना सम्पन्न भएमा २ हजार ३ सय घरधुरीका ११ हजार ५ सय जनसंख्यामा स्वच्छ खानेपानीको पहँुच पुग्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिए पनि बजेट अभावमा काम ठप्प भएको डिभिजन खानेपानी कार्यालय परासीले जनाएको छ । सरावल ४ का सफी मोहम्मद शेषका अनुसार खानेपानीजस्तो संवेदनशील कामका लागिसमेत बजेट नआउनु र काममा ढिलाइ हँुदा आयोजना नै बन्द हुने हो कि भन्ने चिन्ता लागेको बताए । आयोजना निर्माण गर्न खानेपानी कार्यालयलाई दबाब दिइए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

आयोजनामा सहकार्य तथा अनुगमनका लागि स्थानीय स्तरमा उपभोक्ता समिति गठन गरिए पनि बजेट नआएको भन्दै ठेकेदार नै आउन छाडेको स्थानीय बताउँछन् । अयोजनाहरूको निर्माण काम तीन चरणमा सम्पन्न गर्न ठेक्का भएको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ । बोरिङको काम, सोलारजडित ओभरहेड ट्यांकी निर्माण र पानीको पाइप सप्लाई गरी तीन चरणमा निर्माण सम्पन्न हुनुपर्ने हो ।

अलपत्र योजना स्थानीय तहले बजेट विनियोजन गरेर भए पनि सम्पन्न गर्नुपर्ने सर्वसाधारणको माग छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीका प्रमुख पूर्णबहादुर ज्हारचनले बजेट अभावले आयोजना रोकिएको बताए । ‘माथिबाट बजेट आएपछि मात्र हामीले काम गर्ने हो,’ ज्हारचनले भने, ‘बोरिङपछिको काम गर्न भन्दै बजेट आयो भने बल्ल काम सुरु हुनेछ ।’ थोरै बजेट सबैलाई बाँड्नुपर्ने भएकाले कुनै पनि आयोजना पूरा हुन नसकेको हो । जिल्लामा सञ्चालन गरिएका आयोजनामध्ये बर्दघाट ३ मा निर्माण हुने करमैंंहिया खानेपानी आयोजना सबैभन्दा बढी लागतमा निर्माण भइरहेको छ । सो आयोजनाका लागि ५ करोड ७० लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लामा ४५ भन्दा बढी खानेपानीका आयोजना सञ्चालन भए पनि यहाँका करिब एक लाख मानिस स्वच्छ खानेपानी पिउनबाट वञ्चित छन् । तराई–मधेस खानेपानी सुधार कार्यक्रमका पाँचवटै योजना सञ्चालन भए करिब १० हजार सर्वसाधारण स्वच्छ खानेपानीको पहुँचमा पुग्नेछन् ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?