कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

किशोरकिशोरीलाई प्रजनन शिक्षा

रूपन्देही — परिवार नियोजनका साधन प्रयोगमा प्रदेश ५ कमजोर देखिएको छ । पछिल्लो समय यहाँ त्यस्ता साधन प्रयोग गर्नेको संख्या ४७ प्रतिशत मात्रै छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको संयोजनमा आड्रा नेपाल र यूएनएफपीएको आयोजनामा मंगलबार बुटवलमा भएको प्रदेश स्तरीय किशोरकिशोरीसँगको अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत भएको तथ्यांकले यस्तो अवस्था देखाएको हो ।

किशोरकिशोरीलाई प्रजनन शिक्षा

परिवार नियोजनका पाँच साधनमध्ये आधुनिक साधन प्रयोग दोस्रो स्थानमा छ ।

१५ वर्षदेखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनको आधुनिक साधन वा विधि प्रयोग गर्ने गरेको देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका परिवार नियोजन निरीक्षक नवराज कँडेलले बताए । उनका अनुसार श्रीमान् सँगै नहुनु, स्वास्थ्यमा असर र बच्चा जन्माउने चाहनाले गर्दा साधन प्रयोग गर्ने घट्दै गएको पाइएको छ ।

पाँचौं परिवार नियोजन दिवसको अवसर पारेर किशोरकिशोरीलाई सुरक्षित प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले गरिएको अन्तक्र्रिया कार्यक्रममा बुटवलका विभिन्न सामुदायिक विद्यालयका १५ देखि १९ वर्षका किशोरकिशोरीको उपस्थिति थियो । प्रदेश सरकार र स्थानीय तहका सरकारसँग समेत आगामी दिनमा परिवार नियोजनका नीति निर्माण र परिवार नियोजनसम्बन्धी व्यवहार परिवर्तन गराउन पनि छलफल अभियान चलाइएको संयुक्त राष्ट्र जनसंख्या कोषका यौन तथा प्रजनन स्वास्थ्य अधिकृत अरुणकुमार जोशीले बताए । किशोरकिशोरीले यौन तथा प्रजनन शिक्षासम्बन्धी कार्यक्रम विद्यालय स्तरमै गर्न सुझाव दिएका थिए ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?