स्क्रब टाइफसका बिरामी बढे

बर्दिया — दुई सातायता जिल्लामा स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । यस अवधिमा ५ गर्भवती महिला सहित १० जनामा उक्त रोग फेला परेको जिल्ला अस्पतालले जनाएको छ ।

स्क्रब टाइफसका बिरामी बढे

जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट सुभास पाण्डेयले बिरामीको चाप बढ्न थालेपछि अस्पतालकै प्रयोगशालामा स्क्रब टाइफसको परीक्षणको व्यवस्था गरिएको बताए । यसअघि संक्रमण भए/नभएको पत्ता लागउन नेपालगन्ज, कोहलपुरका ठूला अस्पताल जानु पर्थ्यो ।


चिकित्सकले एक सातासम्म उच्च ज्वरो आइरहेका बिरामीलाई लक्षणका आधारमा रगत परीक्षण थालेका छन् । जिल्लाबाहिर रगत परीक्षण गर्दा १ हजार २ सय रुपैयाँभन्दा बढी शुल्क तिर्नुपर्छ । अस्पतालले आठ सय रुपैयाँमा रगत परीक्षण गर्दै आएको छ ।


चिकित्सकका अनुसार लामो समयसम्म उपचार नपाएका बिरामीमा यसको संक्रमणको जोखिम उच्च रहन्छ । समयमा उपचार नभए सुन्ने क्षमता गुम्ने, न्यून रक्तचाप,निमोनिया लगायतका रोगको जोखिम हुने चिकित्सक पाण्डेयले बताए ।


सुलसुले, उपियाँ र माइट नामक कीराको टोकाइबाट स्क्रब टाइफस रोग हुने डाक्टर पाण्डेयले जनाए । यसैगरी जीवाणु संक्रमित कीराको टोकाइबाट पनि स्क्रब टाइफस फैलन्छ ।


संक्रमित बिरामीमा १ सय ५ डिग्रीसम्म ज्वरो आउने, आँखा राता हुने, पसिना बढी आउने, सास फेर्न गाह्रो हुने, टाउको दुखाइ, ग्रन्थी सुन्निने जस्ता लक्षण देखा पर्ने गर्छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?