कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बर्दियामा आंशिक रुपमा बस सञ्चालन

कमल पन्थी

बर्दिया — नयाँ मुलकी अपराध संहिताले गाडी चालकलाई जेल पठाउन खोजेको भन्दै गरेको आन्दोलनको प्रभाव बिहीबारदेखि बर्दियामा केही खुकुलो बन्दै गएको छ ।

बर्दियामा आंशिक रुपमा बस सञ्चालन

असोज २ गते देखि बन्द रहेको बस सेवा आंशिक रुपमा सञ्चालनमा आएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार गुलरिया-नेपालगन्ज, शानिबजार-नारायणघाट, ठाकुरबाबा र काठमाडौं दिवा तथा रात्री सेवा सञ्चालनमा आएको छ । यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका बस आंशिक रुपमा सञ्चालनमा आएको हो ।


बसका एक चालकले नाम नलेखी दिन आग्रह गर्दे लामो समयसम्म यातायात सञ्चालन नगर्दा आर्थिक झमेला भोग्नुपर्ने बाध्यताले गुडाउनुपर्ने बाध्यता भएको बताए । तर अधिकांश चालक भने अझै पनि बस सञ्चालन गर्ने पक्षमा छैनन् ।


जिल्लामा लामो तथा छोटो दुरीका झण्डै ५० बस सञ्चालनमा रहेका छन् । बस सञ्चालन नभएका कारण महंगो भाडा तिरेर अटो रिक्सा चढेर यात्रु गन्तव्यतर्फ आउजाउ गर्ने गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?