२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गाडी चलाउने सहमति

भैरहवा — यातायात र ढुवानी सेवालाई सुचारु बनाउन रूपन्देहीका विभिन्न यातायात व्यवसायी समिति र मजदुर प्रतिनिधि गाडी सञ्चालन गर्न सहमत भएका छन् ।

गाडी चलाउने सहमति

जिल्ला प्रशासनमा बिहीबार सरोकारवाला निकायको बैठकमा उनीहरू शुक्रबारदेखि सार्वजनिक र ढुवानीका साधन चलाउन सहमत भएका हुन् । यसरी गाडी चलाउनेलाई स्थानीय प्रशासनले भरपर्दो सुरक्षा प्रदान गर्नेबारेमा सहमति भएको हो ।

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले यातायात चालक तथा मजदुरको आन्दोलनले केही दिनदेखि यातायात र ढुवानी प्रक्रिया असहज भएकाले त्यसलाई सहज बनाउन सरोकारवाला निकायबीच बैठक बसेको जानकारी दिए ।

उनका अनुसार बैठकमा पश्चिम नेपाल बस व्यवसायी संघ, पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ, मजदुर भलाइ कोष र विभिन्न मजदुर संगठनका प्रतिनिधिको सहभागिता थियो । यातायात तथा ढुवानीका साधन सञ्चालन गरिने गाडी नम्बर, मजदुरको नाम र मोबाइल नम्बर प्रशासन कार्यालयलाई अग्रिम उपलब्ध गराउने र सञ्चालन गर्न नमान्ने मजदुर तथा व्यवसायीको विभिन्न अनुमतिपत्रलगायतका कागजात १५ दिनका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको छ ।

आंशिक सञ्चालन
नयाँ मुलकी अपराध संहिताले गाडी चालकलाई जेल पठाउन खोजेको भन्दै गरेको आन्दोलनको प्रभाव बिहीबारदेखि बर्दियामा केही खुकुलो बन्दै गएको छ । मंगलबारदेखि बन्द रहेको बस सेवा आंशिक रूपमा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार गुलरिया–नेपालगन्ज, शान्तिबजार–नारायणघाट, ठाकुरबाबा र काठमाडौं दिवा तथा रात्रि सेवा सञ्चालनमा आएका छन् । यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका बस आंशिक रूपमा सञ्चालनमा आएका छन् । जिल्लामा दैनिक लामो तथा छोटो दूरीका ५० बस सञ्चालनमा रहेका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?