कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधविरुद्ध दुर्व्यसनी नै सडकमा

दुर्गालाल केसी

दाङ — कानुनी बाटोबाट जति प्रयास गर्दा पनि लागूऔषधका दुर्व्यसनीलाई कम गर्न सकिएन । अन्ततस् दुव्र्यसनीलाई नै परामर्श दिएर सचेतना फैलाउने अभियान सुरु भएको छ । आइतबार घोराही बजारका सडकमा दुर्व्यसनीहरूले प्लेकार्ड बोकेर मार्चपास गरे ।

लागूऔषधविरुद्ध दुर्व्यसनी नै सडकमा

‘दुव्र्यसनीलाई सजाय होइन, उपचारको खाँचो छ, नशा जीवनको दुर्दशा हो,’ भन्ने सन्देश लेखिएका प्लेकार्ड बोकेर उनीहरूले बजार परिक्रमा गरेका थिए । साथमा थिए उनीहरूका अभिभावक पनि । दुव्र्यसनी सन्तान सडकमै उत्रन तयार भएपछि अभिभावक पनि साथ दिन तयार भए । अनि सुरु भयो सन्तान–अभिभावकको संयुक्त बजार परिक्रमा । अघि–अघि दुव्र्यसनी, त्यसपछि उनीहरूका परिवार, साथमा प्रहरी र अन्य अभियन्ताहरू ।

कानुनी कारबाहीबाट मात्रै लागूऔषध कारोबार नियन्त्रण गर्न नसकिएपछि यस्तो उपाय अपनाइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए । ‘हामीले धेरै युवालाई लागूऔषधसहित पक्राउ गरेका छौं, कानुनी कारबाही गरेका छौं । तर, कारोबार नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘प्रयोगकर्तालाई नै महसुस नगराई यसमा नियन्त्रण नहुने देखेपछि लामो समयपछि उनीहरूलाई नै सडकमा ल्याउन सफल भएका हौं ।’ लामो परामर्शपछि दुव्र्यसनी र उनीहरूका परिवारलाई सडकमा उतारिएको उनले बताए ।

दुव्र्यसनीलाई लागूऔषधविरुद्धको अभियानमा लगाएपछि यसका कारोबारीलाई नियन्त्रण गर्न सहज हुने उनले बताए । ‘अब दुव्र्यसनीमार्फत नै कारोबारीलाई नियन्त्रण गर्ने योजना छ,’ उनले भने, ‘प्रयोगकर्ताहरू नै परिवर्तनको अभियन्ता भएपछि हामीलाई अवैध धन्दा रोक्न सजिलो हुनेछ ।’ घोराही बजारमा मात्रै १ सय २५ भन्दा बढी दुव्र्यसनी युवा रहेको उनले बताए । अहिले अरू पनि विस्तारै सम्पर्कमा आउन थालेको शर्माले जानकारी दिए ।

कुलतमा लागिसकेपछि जबरजस्तीभन्दा परामर्शबाट नै सही बाटोमा आउन सजिलो भइरहेको चेतना र्‍यालीमा सहभागी एक दुव्र्यसनी युवाले बताए । ‘सुरुमा ख्यालख्यालमै कुलतमा फसिन्छ, पछि सुध्रन खोज्दा पनि कठिन हुन्छ,’ उनले भने, ‘यस्तो बेला हामीलाई सजायभन्दा सही उपचार र परामर्शको जरुरी हुन्छ । उचित मार्गदर्शनपछि हामी सुध्रिएर दुव्र्यसनविरुद्ध लाग्न तयार भएका छौं ।’

दुर्व्यसनी बढ्दै गएपछि घोराहीका पाँच विद्यालयमा लागूऔषधविरुद्धको औपचारिक पठनपाठन नै सुरु गरेको नार्कोनन नेपालका परामर्शदाता वसन्त पुनले बताए । दुर्व्यसनी युवाहरूलाई परामर्श दिएर सही बाटोमा ल्याउन सकिने उनले बताए । ‘लहैलहैमा नै कुलतमा फस्ने भएकाले समयमै शिक्षा दिँदा रोक्न सकिन्छ,’ उनले भने, ‘विद्यालय शिक्षाले पनि उनीहरूलाई गलत बाटोबाट रोक्न सहयोग गर्न सक्छ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?