कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढेको धन निकाल्न भन्दै मध्यरातमा खोला किनारमा झाँक्री लाउने पक्राउ

नवीन पौडेल

परासी — गढेको धन निकाल्ने भन्दै राति खोला किनारमा धामीझाँक्रीहित पुजा गरिरहेका ५ जनालाई प्रतापपुर-३ अमहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति पीपलको बोटमा पुजाअर्चना गर्दै खाडल खनिरहेको बेला इलाका प्रहरी कार्यालय सेमरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

गढेको धन निकाल्न भन्दै मध्यरातमा खोला किनारमा झाँक्री लाउने पक्राउ

पक्राउ पर्नेमा गोल्डेन लाइफ इंग्लिस स्कुलका प्रिन्सिपल हरेन्द्र बडै शर्मा, प्रतापपुर-३ का ५५ वर्षीय ठगईप्रसाद मुसहर, १८ वर्षीय बलिराम मुसहर, सुनवल-१२ भूमहीका तिलक भट्टराई, भानु मुसहरलाई नियन्त्रमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले जानकारी दिए ।


‘मध्यरातमा पुजा गर्दै खाडल खनिरहेको स्थानीयले देखेपछि अनिष्ट हुन लाग्यो भनेर गाउँलेले प्रहरीलाई खबर गरेका थिए,’ भट्टले भने, ‘यसअघि पनि यस्तै कार्यमा संलग्न भएकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’


मध्यरातमा प्रहरीले बलिरहेको बत्ति, माटोको भाडामा राखिएको खिर, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा बरामद गरेको थियो । प्रहरी आएपछि पुजा गरिरहेका हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए । उनीहरुलाई आइतबार बिहान गाउँबाट नियन्त्रणमा लिइएको हो ।


पक्राउ परेका प्रिन्सिपल बडैले यसअघि पनि आफ्नै विद्यालय प्राङ्गणमा खाडल खनेर पुजा गरिरहँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । गाउँलेले मानव बली दिन खोजेको आरोप लगाएपनि प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो ।


असोज २ गतेदेखि पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरका १२ वर्षीय बालक रोहित चौधरी हराइरहेको समयमा बडैले खाडल खनेर पहिले झैं पुजा गरेको देखेपछि गाउँलेहरु सशंकित भएका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?