कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली तटीय क्षेत्रमा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

पूर्व पश्चिम राजमार्गको चिसापानी पोष्टदेखि करिब ९ सय मिटर दक्षिण घना जंगलभित्र बुधबार बुढो बाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए । उक्त बाघ धेरै दिनअघि मृत्यु भएकाले सढेगलेको अवस्थामा भेटिएको थियो ।


निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाले गस्ती गर्दा मृत अवस्थामा बाघ फेला पारेको थियो । बाघको सबै अंग सुरक्षित रहेको सहायक संरक्षण अधिकृत दाहालले जनाए । मृत अवस्थामा फेला परेको बाघ झण्डै १८/१९ वर्षको भएको निकुञ्जले जनाएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्जमा हालै सार्वजनिक गरेको प्रतिवेदनमा ८७ वटा पाटे बाघ रहेका छन् ।


निकुञ्जको कर्णाली र बबई तटीय क्षेत्रमा बाघको मुख्य बासस्थान मानिन्छ । चार वर्षयता प्राकृतिक र बसको ठक्करबाट पाँच वटा बाघको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?