कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

शौचालयमा रेडियो र इन्टरनेट

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारबाट राखिएको विद्युतीय शौंचालयको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेपछि संचालनमा आएको छ । पहिलो सेवा राष्ट्रियसभा सांसद खिमलाल भटराईले लिए । ‘प्रभावकारी लाग्यो’ शौंचालय प्रयोग गरेपछि उनलृ भने,‘ यसले पर्यटकमाझ लुम्बिनीको गरिमा बढाउँछ ।’

शौचालयमा रेडियो र इन्टरनेट

एफएम रेडियो सुन्दै शौच गर्ने सुविधा छ । ‘गीतसंगीतले छुट्टै आनन्द आउछ,’ईराम साईन्टिफिकका नेपाल वितरक कम्पनीका पवन पाठकले भने ।’ फोरजी सिम प्रयोग गर्ने मोबाईल प्रयोगकर्तालाई ईन्टरनेटको सुविधा छ । ठूलो आवाजमा केही भन्न परे स्पिकरको सुविधा छ । पहिलो पटक परिक्षण रुपमा संचालनमा ल्याइएको हो । स्वचालित शौंचालय हो । यसलाई सफ्टवेयरको माध्यमबाट संचालन गरिन्छ । काम गरे/नगरेको थाहा हुन्छ । ‘पाँचजना शौचालय गएपछि सेन्सरले आफंै सफा गर्छ’ साइन्टिफिकका पाठकले भने, ‘निर्देशनअनुसार आफैं फ्लस (सफा) गर्छ ।’ सरसफाइका लागि एयर प्रेसर र वाटर प्रेसर प्रयोग गरिएको छ । एयर प्रेसर बढी प्रभावकारी हुँदा पानीको खपत ७० प्रतिशत बचत हुने प्राविधकले बताए ।

पानीको स्रोतका लागि शौचालयको माथि तीन सय लिटरको प्लास्टिकको ट्यांकी राखिएको छ । ट्यांकीमा पानी कम हुनासाथ बोरिङबाट आफैं भरिन्छ ।


यो बिजुलीबाट चल्छ । तत्काल विद्युत् कटौती भएमा समस्या हँुदैन । चार घण्टासम्म ब्याकअपको व्यवस्था छ । लामो समयसम्म ब्याकअपले नधाने शौचालयमाथि रहेको सोलारले काम गर्न थाल्छ । खिया लाग्दैन । दाग बस्दैन । पुरातात्त्विक ठाउँमा खनेर संरचना निर्माण गर्न पाइँदैन । त्यही भएर शौचालय पुरातत्त्वमैत्री छ । वातावरणीय दृष्टिले उत्तिकै प्रभावकारी छ । सिमेन्ट र कक्रिंट प्रयोग गरिएको छैन । मुस्किलले एकदेखि डेढ फिट खनेर शौचालय र त्यसको ट्यांकी (च्याम्बर) राखिएको छ ।


मलमूत्र संकलनका लागि एउटा च्याम्बर छ । दैनिक ५ सय जना शौचालय गए पनि १० वर्षसम्म च्याम्बर भरिँदैन । मलमूत्रलाई गलाएर सुख्खा बनाएर राख्छ । यो एक ठाउँबाट अर्कोमा सार्न मिल्छ । शौचालय ७ लाख ५० हजार देखि ८ लाख रुपैयाँमा तयार हुन्छ । सिक्का वा नोट ढोकाअघि रहेको प्वालमा खसाले आफैं खुल्छ । ‘तर रकम तोक्ने निर्णय भएको छैन’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘निर्णय प्रक्रियमा गएका छौं ।’ यो शौचालय इराम साइन्टिफिक भारतको नेपाल वितरण कम्पनीले लुम्बिनीमा नि:शुल्क बनाइदिएको हो । यसको प्रभाव हेरेर मायादेवी मन्दिर आसपासका ८ देखि १० ठाउँमा सञ्चालनमा ल्याउने योजना रहेको प्रबन्धक भट्टराईले बताए ।

प्रकाशित : आश्विन २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?