नेपालगन्जमा रामलीला : राम–सीतालाई भव्य स्वागत

ठाकुरसिंह थारू

नेपालगञ्ज — दसैंको पहिलो दिन बुधबार यहाँ रामलीला सुरु भएको छ  । यो क्रम रावण वध नहुन्जेलसम्म सञ्चालन हुनेछ  । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलीला मञ्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावणको टोली यहाँ आइपुगेको छ ।

नेपालगन्जमा बुधबारदेखि सुरु भएको रामलीलामा राम, सीता, लक्ष्मण र हनुमानको भूमिका गरिरहेका कलाकार । तस्बिर : ठाकुरसिंह/कान्तिपुर

घटस्थापनाका दिन टोली शोभायात्रामा सहभागी भयो । स्थानीयले राम, सीतालाई भव्य स्वागत गरेका छन् ।

यस वर्ष रामलीला मञ्चनका लागि भारतको ब्रिन्दावनबाट कलाकारको टोली आएको छ । घटस्थापनादेखि सुरु हुने रामायणमा आधारित लीला रामको राज्याभिषेक (टीका) को रातसम्म जारी रहनेछ । रामलीलाले नेपालगन्जको दसैंमा थप रौनक थपेको छ । ‘घटस्थापनाका दिनदेखि रामलीला सुरु भइक्यो । रावण बध र रामले अयोध्याको राजा भएको घटनाक्रमसम्म चल्छ,’ रामलीला सञ्चालन समितिका प्रचार महामन्त्री विष्णु कुमाल भन्छन्, ‘रामलीला मञ्चनका लागि सबैजसो कलाकारहरू
आइसकेका छन् ।’

पछिल्लो समय नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कार भुल्दै गइरहेका बेला नेपालगन्जका रैथाने मधेसी समुदायले भने रामलीलाको संस्कारलाई जोगाउन सफल भएका छन् । यो वर्षको रामलीला मञ्चनको १५१ औं शृंखलाल हो । रामलीला सञ्चालनका लागि स्थानीयले १३/१४ लाखभन्दा बढी रुपैयाँ आफंै जम्मा गरेर खर्च गर्दैछन् । पुर्खाले डेढ सय वर्षदेखि सुरु गरेको रामलीला संस्कारलाई आफ्नै खर्चमा जोगाउन पाएकोमा उनीहरू खुसी छन् । ‘यो हाम्रो संस्कार हो ।


यसलाई मर्न दिनु भएन,’ रामलीला सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दर कनौडिया भन्छन्, ‘रामलीलाले नैतिक शिक्षा दिन्छ । जुन अहिलेको परिवेशमा निकै आवश्यक छ ।’ रामलीला संरक्षण नयाँ पुस्ताका लागि पनि गर्न आवश्यक छ ।’

रामलीला भगवान् राम र सीताको जीवनीमा आधारित कथा हो । जसलाई कलालकारहरूले नाट्यरूपमा जीवन्त प्रस्तुत गर्छन् । यो क्रम रावण वधसम्म चल्छ । सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने विजया दशमी (दसैं) भरि नेपालगन्जमा रामलीलाको रौनक रहन्छ । रामलीला मञ्चनका लागि भारतको व्न्दिावनबाट नाट्य टोली नेपालगन्ज आएको छ । रामलीला मञ्चनका लागि कलाकार पाइँदैनन् । त्यसैले पनि रामलीला यस क्षेत्रका लागि महँगो पर्ने गरेको हो ।

Yamaha


कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र कला मञ्चन व्यवस्थापनका लागि लाखौं रकम खर्च हुने गर्छ । रैथाने स्थानीयकै जन सहयोगमा रामलीलाको परम्परा जोगिएको हो । दसैंका अवसरमा समुदायमा सकारात्मक सन्देशको प्रचारप्रसार गर्न र राम राज्यको अनुभूति दिलाउन नेपालगन्जवासीले परम्परालाई निरन्तरता दिएका हुने । त्यसो त सीमावर्ती भारतमा रामलीला मञ्चन सन १६४० मा सुरु भएको जानकारहरू बताउँछन् ।

बाँके बगियाको खुला चौरलाई रामलीला मैदान नामकरण गरी मञ्चनका लागि मञ्च निर्माण गरिएको छ । जहाँ हरेक वर्षको दसंैका अवसरमा रामलीला मञ्चन हुने गरेको हो । ‘रामलीलामा रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ । राम, सीता, रावणलगायतका प्रमुख पात्रको पारिश्रमिक ५० हजार भारु पर्छ । रावणका लागि थप डेढ लाख भारु खर्च हुने गरेको समितिले जनाएको छ । भारतको सीतापुरबाट रावण बनाउन कालिगड ल्याइन्छ ।


उनीहरूले करिव ४५ देखि ५० फिट आग्लो कदको रावण बनाउन १ लाख १० हजार भारु लिन्छन् । रावण वधका दिन हजाराैं सर्वसाधारणको उपस्थितिमा पटका पडकाएर रावणको मूर्तिमा पटका पढकाएर विजय उत्सव मनाउने परम्परा छ । रामलीलाका कलाकारहरूका लागि मात्रै चार लाख भारु खर्च हुने गरेको छ । नेपालगन्जको रामलीला मैदानमा रामलीला राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गरिन्छ । रामलीला हेर्न सयौं दर्शकहरू पुग्ने गर्छन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सस्तो बजारमा ग्राहकको भीड

अमृता अनमोल

बुटवल — उपभोक्तालाई चाडपर्व उपयोगी वस्तु सस्तो र सुलभ रुपमा उपलब्ध गराउन बुधबार यहाँ सस्तो दसैं बजार सुरु भएको छ  । उद्योग वाणिज्य संघले बुधबारदेखि बजार आयोजना गरेको हो  ।

त्यहाँ उपभोग्य वस्तुका ४० स्टल छन् । बालमन्दिर परिसरमा लागेको बजारमा घिउ, चिनी, नुन, चामल, चिउरा, चिया, तेल, सावुन, मसला लगायतका दैनिक उपभोग्य वस्तु छन् । पेय पदार्थ, जुत्ता, सावुन सरफ, लत्ताकपडा, माछामासुलगायत वस्तु उपलब्ध छन् । सबै सामान बजार मुल्यभन्दा १५ देखि ४० प्रतिशतसम्म छुटमा उपलब्ध रहेको संघले जनायो ।

साल्ट टेर्डिङ कर्पोरेसनले नुन, चिनी, लुम्बिनी दुग्ध वितरण आयोजनाले घिउ ल्याएका छन् । चिनी ५८ र घिउ ८ सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिएको छ । आयोजक संघका अध्यक्ष खिमबहादुर हमालले ससाना सामान किन्न भारतीय बजार जाने उपभोक्तालाई रोक्न र स्वदेशी बजार प्रवद्र्धन गर्न बजार लगाएको बताए । ‘चिनी लगायत केही दैनिक उपभोग्य वस्तु हामीले खरिद गरेको भन्दा पनि सस्तोमा बेचेका छौं,’ उनले भने, ‘स्वदेशी वस्तु र बजारप्रति उपभोक्ताको आकर्षण बढाउन पनि यसो गरेका हौं ।’ सीमावर्ती बजार भएकाले यहाँका धेरै उपभोक्ता चाडबाड आयो कि धेरै उपभोग्य सामान किन्न भारतको सुनौली पुग्छन् ।

तर, सुनौलीको भन्दा यहाँ धेरै सामान सस्तोमा उपलब्ध छन् । भारतीय बजारभन्दा स्वदेशमा सस्तो मूल्यमा पाइने सामानबारे उपभोक्तालाई जानकारी गराउने व्यवस्था गरेको संघका वरिष्ठ उपाध्यक्ष उज्जवलकुमार कसजुले बताए । ‘सामान सस्तो दिएर र गुणस्तर बढाएर मात्र व्यापार बढाउन सकिन्छ,’ उनले भने, ‘उपभोक्तालाई भारतीय बजारमा जानबाट रोक्न नसकेकाले बजारमा मूल्य सूचीबारे पनि जानकारी दिन थालेका हौं ।’

यहाँका उपभोक्ताले भारतमा बढी किन्ने अन्तर्राष्ट्रिय बहुचर्चित कम्पनीका सामान मुलुकमा सस्तो मूल्यमा उपलब्ध छन् । हर्लिक्स, बुस्ट, चिया, डाबर च्यवन प्रास, सेरलेक्स, दूध, ल्याक्टोजिन, डाबर लाल दन्तमञ्जन, डाबर अमला तेल छन् । साबुन, सरफ, फेयर एन्ड लब्ली, मञ्जन, लगायतका सामान नेपाली बजारमा भन्दा भारतीय बजारमा धेरै महँगा छन् ।

मेलाले उपभोक्तालाई आफ्ना सामानबारे सही सूचना दिन र सचेत बनाउन पनि सहयोग गर्ने आयोजक अध्यक्ष हमालले बताए । बजारमा दसैंमा चाहिने नयाँ नोट सटहीको समेत व्यवस्था छ । आयोजकले राष्ट्र बैंक सिद्धार्थनगरको सहयोगमा उपभोक्तालाई ५ हजारका दरले नोट साट्ने व्यवस्था मिलाएका हुन् । सस्तो बजार ५ दिनसम्म चल्नेछ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT