कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सस्तो बजारमा ग्राहकको भीड

अमृता अनमोल

बुटवल — उपभोक्तालाई चाडपर्व उपयोगी वस्तु सस्तो र सुलभ रुपमा उपलब्ध गराउन बुधबार यहाँ सस्तो दसैं बजार सुरु भएको छ  । उद्योग वाणिज्य संघले बुधबारदेखि बजार आयोजना गरेको हो  ।

सस्तो बजारमा ग्राहकको भीड

त्यहाँ उपभोग्य वस्तुका ४० स्टल छन् । बालमन्दिर परिसरमा लागेको बजारमा घिउ, चिनी, नुन, चामल, चिउरा, चिया, तेल, सावुन, मसला लगायतका दैनिक उपभोग्य वस्तु छन् । पेय पदार्थ, जुत्ता, सावुन सरफ, लत्ताकपडा, माछामासुलगायत वस्तु उपलब्ध छन् । सबै सामान बजार मुल्यभन्दा १५ देखि ४० प्रतिशतसम्म छुटमा उपलब्ध रहेको संघले जनायो ।

साल्ट टेर्डिङ कर्पोरेसनले नुन, चिनी, लुम्बिनी दुग्ध वितरण आयोजनाले घिउ ल्याएका छन् । चिनी ५८ र घिउ ८ सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिएको छ । आयोजक संघका अध्यक्ष खिमबहादुर हमालले ससाना सामान किन्न भारतीय बजार जाने उपभोक्तालाई रोक्न र स्वदेशी बजार प्रवद्र्धन गर्न बजार लगाएको बताए । ‘चिनी लगायत केही दैनिक उपभोग्य वस्तु हामीले खरिद गरेको भन्दा पनि सस्तोमा बेचेका छौं,’ उनले भने, ‘स्वदेशी वस्तु र बजारप्रति उपभोक्ताको आकर्षण बढाउन पनि यसो गरेका हौं ।’ सीमावर्ती बजार भएकाले यहाँका धेरै उपभोक्ता चाडबाड आयो कि धेरै उपभोग्य सामान किन्न भारतको सुनौली पुग्छन् ।

तर, सुनौलीको भन्दा यहाँ धेरै सामान सस्तोमा उपलब्ध छन् । भारतीय बजारभन्दा स्वदेशमा सस्तो मूल्यमा पाइने सामानबारे उपभोक्तालाई जानकारी गराउने व्यवस्था गरेको संघका वरिष्ठ उपाध्यक्ष उज्जवलकुमार कसजुले बताए । ‘सामान सस्तो दिएर र गुणस्तर बढाएर मात्र व्यापार बढाउन सकिन्छ,’ उनले भने, ‘उपभोक्तालाई भारतीय बजारमा जानबाट रोक्न नसकेकाले बजारमा मूल्य सूचीबारे पनि जानकारी दिन थालेका हौं ।’

यहाँका उपभोक्ताले भारतमा बढी किन्ने अन्तर्राष्ट्रिय बहुचर्चित कम्पनीका सामान मुलुकमा सस्तो मूल्यमा उपलब्ध छन् । हर्लिक्स, बुस्ट, चिया, डाबर च्यवन प्रास, सेरलेक्स, दूध, ल्याक्टोजिन, डाबर लाल दन्तमञ्जन, डाबर अमला तेल छन् । साबुन, सरफ, फेयर एन्ड लब्ली, मञ्जन, लगायतका सामान नेपाली बजारमा भन्दा भारतीय बजारमा धेरै महँगा छन् ।

मेलाले उपभोक्तालाई आफ्ना सामानबारे सही सूचना दिन र सचेत बनाउन पनि सहयोग गर्ने आयोजक अध्यक्ष हमालले बताए । बजारमा दसैंमा चाहिने नयाँ नोट सटहीको समेत व्यवस्था छ । आयोजकले राष्ट्र बैंक सिद्धार्थनगरको सहयोगमा उपभोक्तालाई ५ हजारका दरले नोट साट्ने व्यवस्था मिलाएका हुन् । सस्तो बजार ५ दिनसम्म चल्नेछ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?