कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई आरोपी पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देहीमा एक किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

रुपन्देहीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई आरोपी पक्राउ

पक्राउ पर्नेहरुमा देवदह–१०का ३५ वर्षीय उदय थापा र बुटवल–७का २६ वर्षीय कृष्ण थापा रहेका छन् । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।


देवदहकी १६ वर्षीय ती किशोरीलाई घुम्न जाने बहानामा मंगलबार राती बुटवलको शिवनगर जंगललमा लगेर चार जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।


किशोरीलाई साथी बनाएर दिउँसो मेला घुमाउने र बाइकमा राखेर जंगल पुर्याउने २ जना भने फरार छन् ।


उनीहरु विरुद्ध सामूहिक जबरजस्ती करणी मुद्दा दर्ता गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ह्रदय थापाले बताए ।

प्रकाशित : आश्विन २५, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?