२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'उपचार अभावमा पहिरोपीडित बालकको मृत्यु'

ठाकुरसिंह थारु

नेपालगन्ज — सुख्खा पहिरोमा परी गम्भीर घाइते भएका हुम्ला चंखेली गाउँपालिका ५ का ८ वर्षीय युकेश तामाङको उपचार अभावमा आइतबार मृत्यु भएको छ ।

'उपचार अभावमा पहिरोपीडित बालकको मृत्यु'

उनलाई एक महिनादेखि भेन्टिलेटरमा राखिएको थियो ।


आर्थिक अभावका कारण उपचार हुन नसकेर उनको मृत्यु भएको बुबा प्यामाछिरिङ तामाङले बताए । उनका अनुसार दैनिक १० देखि १५ हजारको औषधि उपचारमा खर्च हुने गरेको थियो । भदौ ३० गतेको पहिरोमा परी युकेश गम्भीर घाइते भएका थिए । उनको टाउकोमा ठूलो चोट लागेको थियो ।


उक्त पहिरोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । चार जना गम्भीर घाइते भए । घटनापछि मन्त्री, प्रदेश सांसदलगायतले सरकारका तर्फबाट नि:शुल्क उपचार गर्ने आश्वासन दिएका थिए । तर, घाइते बालकको उपचारमा कसैले सहयोग नगरेको प्यामाछिरिङको आरोप छ ।

प्रकाशित : आश्विन २८, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?