गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

रासस

गुल्मी — गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका-२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए ।


गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।

प्रकाशित : आश्विन २९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?