१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

शक्तिपीठमा अष्टमीको घुइँचो

माधव अर्याल

पाल्पा — वडादसैंको आठौदिन महाअष्टमीका दिन बिहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बलीदिनेको घुइँचो लागेको छ । 

शक्तिपीठमा अष्टमीको घुइँचो

बिहानैदेखि पाल्पाको प्रशिद्ध भैरवस्थानको भैरवमन्दिरमा अत्यधिक भीड लागेको छ । भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको बली दिन र दर्शन गर्न घुइँचो लागेको छ । पूजाआजा गर्नेसाथै बलि दिनेले बिहानै शक्तिपीठमा पुगेका छन् । भैरवस्थान मन्दिरमा वर्षदिनकै सबैभन्दा बढी भीड लागेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष तुलबहादुर अधिकारीले बताए ।


भैरवस्थानमा मात्रै ५ सय बढी बलि दिइएको छ भने एक हजारभन्दा बढीले मन्दिरको दर्शन गरेका छन् । भैरवस्थानमा घटस्थापनादेखि नै पूजाआजा नर्गे र बली दिनेको भीड लाग्छ । तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाँडाको सत्यवतीका साथै कोटघर र दुर्गामन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।


जिल्लाका विभिन्न स्थानमा रहेका दुर्गा मन्दिर साथै कोटघरमा समेत पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । खालीवन, सिलुवा, विरकोट, जल्पा, ज्यामिरेलगायत स्थानमा रहेका कोटघरमा बिहानैदेखि भीड लागेको स्थानीयले बताएका छन् । घरघरमा समेत महाअष्ठमी अर्थात् कालरात्रिको पूजा हुन्छ । ५० बढी कोटघरमा पूजाआजा गर्ने, बलि दिने, कालरात्री मनाउने परम्परा छ ।

प्रकाशित : आश्विन ३१, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?