२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लागूऔषधसहित दम्पती पक्राउ

माधव ढुंगाना

भैरहवा — भारतबाट ठूलो परिमाणमा लागूऔषध नेपाल भित्र्याएका एक दम्पती बुधबार पक्राउ परेका छन् ।

लागूऔषधसहित दम्पती पक्राउ

रुपदेहीकोसम्मरीमाइ गापा २ बस्ने २५ वर्षीय ओमप्रकाश हरिजन र उनकी श्रीमती २४ वर्षीयागोडिया हरिचनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर२७ गण रुपन्देहीले जनाएको छ ।

एउटै साइकल चढेर नेपाल आइरहेका दम्पतीलाई सिद्धार्थ नगर नगरपालिका २ म्येउडीहवाको सीमावर्ती क्षेत्रबाट पक्रा गरिएको हो । उनीहरुको साथबाट डाइजापाम २ एमएलको २ सय पिस, लारगन २ एमएलको २ सय पिस र नुफिन २ एमएलको २ सय पिस बरामद भएको छ । ती लागूषध लेडिज ब्यागमा लुकाएर ल्याइएको थियो ।

पक्राउ परेका दम्पतीलाई लागूऔषधसहित थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीला जिम्मा लगाइएको गण प्रमुख सशस्त्र एसपी सुदर्शनप्रसाद शर्मा सिलवालले कान्तिपुरलाई बताए ।

प्रकाशित : आश्विन ३१, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?