१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाल्पामा किशोरी बलात्कृत, एक आरोपी पक्राउ

माधव अर्याल

पाल्पा — बडादसैंको अघिल्लो दिन बेलुकी यहाँ एक किशोरी बलात्कृत भएकी छन् । जिल्लाको तिनाउ गाउँपालिका २ की १९ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् ।

पाल्पामा किशोरी बलात्कृत, एक आरोपी पक्राउ

उनलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बलात्कारको घटना भएको थाहा पाउनासाथ प्रहरी निरीक्षक अमृत भण्डारी र दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीको टोलीले गाहालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ परेका गाहाको थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।


जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढेको छ ।

प्रकाशित : कार्तिक २, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?