२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

चक्कु प्रहार गर्ने ७ पक्राउ

हरि गौतम

रुकुम पश्चिम — एक युवालाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अरोपमा प्रहरीले ७ जना युवालाई पक्राउ गरेको छ । 

चक्कु प्रहार गर्ने ७ पक्राउ

त्रिवेणी गाउँपालिका २ का २८ वर्षीय कृष्णबहादुर ओलीलाई चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले सोही ठाउँका ७ युवालाई प्रहरीले पक्रेको हो । चक्कु प्रहारमा संलग्न त्रिवेणि गाउँपालिका १ का २३ वर्षीय रमेश खड्का, २२ वर्षीय रमेश पुन मगर, २० वर्षीय जीवन पुनमगर, २० वर्षीय, समिर ओली र २० वर्षीय यमन पुन मगरलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार सोही घटनामा संलग्नको आरोपमा शनिबार बिहानै त्रिवेणी गाउँपालिका १ कै संगम भनिने विक्रम बाँठा र कमल पुन पनि पक्राउ परेका छन् ।


कात्तिक १ गते रामनवमीको राति साढे ८ बजे त्रिवेणी गाउँपालिका १ मा लागेको राँगा मेलाबाट घर फर्कने क्रममा ओलीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते ओलीको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाँटीमा पछाडिपट्टिबाट हानिएको चक्कु अगाडि निस्केको थियो । चक्कु हानिएको झण्डै १८ घण्टापछि मात्रै निकालिएको थियो । जिल्ला अस्पताल हुँदै नेपालगञ्जका अस्पतालले पनि घाइतेको उपचार सम्भव नभएको भन्दै काठमाडौं पठाइदिएका थिए । घाँटीको चक्कु निकालिएपछि ओलीको अवस्था सामान्य बन्दै गएको आफन्तले बताएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?