१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्रकले मोटरसाइकल ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते  

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी बस्ने  ३२ वर्षीय गीता भण्डारीको मृत्यु भएको छ । राजमार्गको तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ पानीमिल नजिकै ट्रकले ठक्कर दिएको हो ।

ट्रकले मोटरसाइकल ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते  

तिलोत्तमा नगरपालिका– ५ मणिग्राम बस्ने मोटरसाइकल चालक उनका श्रीमान् दिपक र १४ महिनाको छोरा संयोग घाइते भएका छन् ।


तानसेनबाट बुटवल जाँदै गरेको ना ७ ख ६६०८ नम्बरको ट्रकले लु २२ प ५४६९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार घाइते तीनै जना घाइते भई सिटी अस्पतालमा उपचार गर्न पठाएका थिए ।


उपचारका क्रममा गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।


प्रकाशित : कार्तिक ५, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?