१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

न्यायपालिका आफ्नो दायित्वबाट कहिल्यै विचलन नहुनेः प्रधानन्यायाधीश

माधव ढुंगाना

भैरहवा — प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा एक सयवटा मानव अधिकार उल्लंघनका घटना घट्दा मुस्किलले १५ प्रतिशत मात्रै अदालतमा आउने गरेको बताएका छन् । 

न्यायपालिका आफ्नो दायित्वबाट कहिल्यै विचलन नहुनेः प्रधानन्यायाधीश

मानव अधिकार तथा शान्ति समाज रुपन्देही,नेपाल पत्रकार महासंघ रुपन्देही लगायत आधा दर्जन भन्दा धेरै संस्थाद्वारा सोमबार भैरहवामा आयोजना गरेको मानव अधिकार सम्बन्धि एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश मिश्रले आफूमाथि अन्याय भएको सहेर बस्ने तिनै ८५ प्रतिशत जनता आफूमाथि अन्याय भएको र अवसर नपाएको गुनासो गर्ने गरेको बताए ।


आफ्नो मानव अधिकार हनन् भएपनि चुपचाप सहेर बस्ने ती ८५ प्रतिशत जनतालाई पनि अगाडी आउने वातावरण बनाउन प्रधानन्यायाधीश मिश्रले मानव अधिकारवादी संघ संस्थालाई आग्रह गरे । प्रधानन्यायाधीश मिश्रले ऐन, कानुन र नियमकै आधारमा न्याय दिइने भएकाले जित/हार भन्ने कुरा कानुन बमोजिम नै हुने र अन्य कुरा मित्थ्या मात्र भएको दाबी गरे ।


जस्तोसुकै विषम परिस्थिती आइपरे पनि न्यायपालिका आफ्नो दायित्वबाट कहिल्यै पनि विचलन नहुने दाबी उनले गरे ।

प्रकाशित : कार्तिक ५, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?