१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

खुकुरी प्रहारबाट पत्नीको हत्या

काशीराम डाँगी

रोल्पा — रोल्पामा एक जनाले आफ्नै पत्नीको हत्या गरेका छन् । प्रहरीले गंगादेव गाउँपालिका ५ पाखापानीस्थित गाउँका सुकलाल सार्कीले पत्नी देवीसराको खुकुरी प्रहारबाट हत्या गरेको जनाएको छ । 

खुकुरी प्रहारबाट पत्नीको हत्या

प्रहरीका अनुसार पति र पत्नीबीच विवाद उत्पन्न भएपछि बुधबार राति आवेगमा आएर सुकलालले पत्नीमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै देवीसराको मृत्यु भएको थियो । उक्त स्थान रोल्पा सदरमुकाम लिबाङदेखि पश्चिम सल्यानको सीमामा पर्छ । सनकमा खुकुरी प्रहार गर्ने सुकलाल ४३ वर्षका छन् भने मृतक उनकी पत्नी देवीसराको उमेर ३९ वर्ष थियो ।

प्रहरी नायब उपरीक्षक दीपक खड्काले प्रहरी टोली घटनास्थल पुगी हत्या अभियोग लागेका सुकलाल र मृतक देवीसराको शव नियन्त्रणमा लिएको बताए । उनले घटनाबारे अनुसन्धान जारी राखिएको बताए । प्रहरीका अनुसार हत्या अभियोग लागेका सार्कीको मानसिक सन्तुलनमा समस्या देखिएको स्थानीयले बताएका छन् । उनको परिवारमा ३ छोरा र ४ छोरी छन् । मृतकको शव पोष्ट मार्टम गर्न रोल्पा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।


केही समययता रोल्पामा हत्या, बलात्कार तथा आत्महत्याका घटना बृद्धि भएका छन् । विगतको सशस्त्र द्वन्द्वको प्रभावले घटना भएको प्रहरीको भनाइ छ ।


प्रकाशित : कार्तिक ८, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?