स्थानीय तहमा भ्रष्टाचारका बढी उजुरी: प्रमुख आयुक्त

ठाकुरसिंह थारु

नेपालगन्ज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले पछिल्लो समय स्थानीय तहमा भएका भ्रष्टाचार तथा अनियमितताका उजुरी बढी परेको बताएका छन् ।

स्थानीय तहमा भ्रष्टाचारका बढी उजुरी: प्रमुख आयुक्त

उनका अनुसार यसअघि शिक्षा क्षेत्रमा भएका अनियमितताका उजुरी बढी पर्ने गरेको थियो । उनले उजुरीपछि स्थानीय सरकारका काम कारबाहीमा पनि निगरानी बढाएको जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको नवनिर्मित भवनको शनिबार उदघाटन कार्यक्रममा बोल्दै प्रमुख आयुक्त घिमिरेले कुनैपनि बहानामा अनियमितता गर्ने कसैलाई पनि छुट नभएको बताए । ‘स्थानीय सरकारहरुमा हाल कानून बनाउने संक्रमणकाल छ । तर त्यसका नाममा कसैलाई पनि गलत काम गर्ने छुट छैन,’ उनले भने,‘कानुन विपरीत काम गर्ने राष्ट्रसेवक र सार्वजनिक पद धारण गर्नेलाई छुट दिइने छैन ।’

उनले संघीय कानूननको सीमाभित्र रहन स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे। आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयको भवन ५ करोड २८ लाख ४५ हजार ५ सय २२ रुपैयाँ लागतमा निमार्ण गरिएको छ ।

०७२ जेठ १४ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीन वर्षमा निर्माण सम्पन्न भएको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?