कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पाल्पामा पनि नेपाल सम्वत्‌काे स्वागत

कान्तिपुर संवाददाता

पाल्पा — नेपाल सम्वत्‌ ११३९ काे स्वागतमा पाल्पा सदरमुकाम तानसेनमा बिहीबार विभिन्न कार्यक्रम गरिएको छ ।

पाल्पामा पनि नेपाल सम्वत्‌काे स्वागत

बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । तानसेनको वसपार्क, टक्सार, भगवतीटोल, मखनटोल लगायतका स्थानमा तुल व्यानर राखेर नेपाल सम्वत्लाई स्वागत गरिएको छ । यस्तै, रामपुर, आर्यभन्ज्याङ्, हार्थोक लगायतका स्थानमा पनि नेपाल सम्बत्को स्वागतमा विभिन्न कार्यक्रम राखेका छन् ।


तानसेन नगरपालिका, ३ बसपार्कस्थित इलाभेन ब्रदर्शको आयोजनामा नेपाल सम्वत्को स्वागतार्थ मोटरसाईकल ऱ्याली निकालिएको छ । नेवारी संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन् । नेवार समुदायसँग सम्बन्धित केही संघसंस्थालेले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका छन् ।


इलाभेन ब्रदर्शले तानसेनमा हरेकवर्ष नेपाल सम्वत्को स्वागतमा मोटरसाइकल ऱ्याली निकाल्दै आएको छ । तानसेनको आन्दोलन चोकबाट सुरु भएको ऱ्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाँडा, गोर्खेकोट, मेहलधारा हुँदै बजारको परिक्रमा गरेका थिए । २ सय बढी मोटरसाइकलले नेपाल सम्वत्को स्वागतमा हर्न बजाउँदै रमाइलो गरेर बजार परिक्रमा गरेका थिए ।


कार्यक्रम संयोजक सुशील शाक्यका अनुसार मोटरसाइकल ऱ्यालीमा सहभागी सबैलाई विभिन्न उपहार प्रदान गरिएको छ । नेवारी समुदायमा घर घरमा घडामा पानी र फुल राखेर आगन्तुकलाई समेत स्वागत गरेका थिए । धिमे बाजाको धुनमा नेवारी पोसाक लगाएर तानसेनमा बजार परिक्रमासमेत गरिएको छ । काठमाडौंमा धिमेबाजा बजाउन सिकेका युवाहरुले रमाइलो गर्नुका साथै म्ह पुजा हेर्नेकोसमेत ठूलो भीड लागेको छ । तानसेनको टक्सारटोलमा नेवारी समुदायको बसोवास छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?