जुवा खेलेको आरोपमा ३९ जना पक्राउ

दुर्गालाल केसी

दाङ — दाङमा जुवा खेलेको आरोपमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दंगिशरण गाउँपालिका–२ सरुवाडाँडामा जुवा र कौडा खेलिरहेका २४ जनालाई १ लाख ८९ हजार ४ सय ६० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीले बताए ।

जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति १ बजे खानतलासी गर्दा कौडा र नगदसहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।


यसैगरी राति २ बजे तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा खानतलासी गर्दा ८७ हजार ३ सय रुपैयाँसहित १५ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी घर्तीले बताए ।


पक्राउ परेका सबैलाई इलाका प्रहरी तुलसीपुरमा राखी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । तिहारको अवधिभर जुवामा संलग्न ५१ जनालाई ५ लाख २१ हजार नगदसहित पक्राउ गरेको उनले बताए ।

प्रकाशित : कार्तिक २४, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?