आगोले जलेर मृत्यु

दुर्गालाल केसी

दाङ — घरमा आगलागी हुँदा तुलसीपुरमा एक मजदुरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँका रामप्रसाद पौडेलको कच्ची घरमा शुक्रबार राति विद्युत् सर्ट भई आगलागी हुँदा भाडामा बस्ने सुनसरीका एक युवकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार करिब ३५/३६ वर्षको देखिने मृतकको सनाखत हुन सकेको छैन ।


ती युवक कुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

प्रकाशित : कार्तिक २४, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?