कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिप दुर्घटनामा १ को मृत्यु, ६ घाइते 

माधव अर्याल

पाल्पा — जिल्लाको रिब्दीकोट गाउँपालिका ७ पालुङ्मैनादीमा आइतबार जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ६ यात्रु घाइते भएका छन् ।

ठिमुरेबाट तानसेन आउँदै गरेको लु १ ज १४९६ नम्बरको जिप दुर्घटनामा पालुङ्मैनादीका ५२ वर्षीय मीनबहादुर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका गाहाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।


पालुङ्मैनादीका १८ वर्षीया विमला कुँवर, १४ वर्षीया निरुताकुमारी गाहा, ४७ वर्षीय टुकीकुमारी गाहा, २९ वर्षीया सीताकुमारी राना, ८२ वर्षीय कुलबहादुर कुँवर, १९ वर्षीय लोकमाया गाहा कुँवर घाइते भएका छन् । दुई जनाको मिसन र चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए । घाइतेको अवस्था सामान्य छ ।


कच्ची सडकमा उकालो चढ्न नसक्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । चालकलाई नियन्त्रणमा लिइएको छ ।


प्रकाशित : कार्तिक २५, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?