टिपरको ठक्करबाट एकको मृत्यु

दुर्गालाल केसी

दाङ — टिपरको ठक्करबाट मंगलबार दिउँसो घोराहीमा एक जनाको मृत्यु भएको छ । 

घोराही–तुलसीपुर सडक खण्डको रावतगाउँ चोक नजिकै घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिदा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुरका ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।


मोटरसाईकल चालक सानीअम्वापुरकै ३५ वर्षीय बसन्त गिरी घाईते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?