कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालगन्जमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि, सेनाद्वारा निष्कृय [अपडेट]

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले धम्बोझीमा रहेको वाटरपार्कमा लागेर निष्कृय पारेको छ ।

नेपालगन्जमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि, सेनाद्वारा निष्कृय [अपडेट]

प्लास्टिक झोलामा सकेटजस्तो रहेको शंकास्पद बस्तु बम भएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । बम राखिएको स्थाननजिकै 'कमाण्डर समूह'को पर्चा भेटिएको छ । उक्त पर्चामा शक्तिशाली बम भएको तीन सय मिटर टाढासम्म क्षति पुर्‍याउने चेतावनी दिइएको थियो ।


एसपी पौडेलले बम राख्नेको पहिचान गर्ने काम भइरहेको बताएका छन् ।


......

नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ । प्लास्टिक झोलामा शंकास्पद बस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ ।


तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए/नभएको यकिन गर्ने प्रयास भइरहेको छ ।

झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ । उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए । बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ । सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाएको छ ।


प्रकाशित : कार्तिक २९, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?