रोल्पामा ९ किलो चरेससहित महिला पक्राउ

काशीराम डाँगी

रोल्पा — लागूऔषध चरेस ओसारपसारमा संलग्न रोल्पाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाबाट दाङ लैजाँदै गरेको ९ किलो चरेससहित थबाङ गाँउपालिका–२ की ५१ वर्षीया दिलकुमारी घर्तीमगरलाई शुक्रबार माडी गाँउपालिका १ घर्तीगाँउ बजारबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार रोल्पाबाट घर्तीगाउँ हुँदै दाङ लैजाने क्रममा नियमित गस्तीमा निस्केको प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध लागू औषध सम्बन्धी ऐन अनुसार कानुनी कारवाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।


उनलाई रा १ ख ७४२ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । केही समययता घर्तीगाउलाई लागू औषध चरेस ओसार्न प्रयोग गर्ने मुख्य केन्द्रका रुपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

केही समय अघि घर्तीगाँउबाटै ५० किलो चरेससहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : मंसिर २, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?