कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोक्सी आरोप लगाउने २ पक्राउ

अमृता अनमोल

बुटवल — बोक्सी आरोप लगाउँदै छिमेकीलाई कुटपिट गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । 

बोक्सी आरोप लगाउने २ पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका–१ का ६५ वर्षीय खेतु मल्लाह र उनका ४५ वर्षीय छोरा प्रकाश मल्लाहलाई पक्राउ गरेको हो । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार उनीहरुले बोक्सी लागेर प्रकाशका छोराछोरी बिरामी भएको भन्दै कार्तिक ३० गते छिमेकी शोभावती चमारलाई कुटपिट गरेका थिए ।


कुटपिटबाट घाइते भएकी चमार सुरुमा छिमेकी कहाँ गुहार माग्न गएकी थिइन् । यसपछि छिमेकीसहित पर्रोहामा रहेको रन्यौरा प्रहरी कार्यालयमा पुगेकी थिइन् । प्रहरीले सुरुवातमा छिमेकको घटना भन्दै मेलमिलाप गराउन खोजेको थियो ।


पीडितले न्याय न्याय खोज्ने भन्दै आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बोक्सी विरुद्धको मुद्दा दर्ता गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?