२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

घुस रकमसहित उप-न्यायधिवक्ता नियन्त्रणमा 

काठमाडौँ — जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता कोषहरी निरौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

घुस रकमसहित उप-न्यायधिवक्ता नियन्त्रणमा 

ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार कार्यालय, टंगालबाट खटिई गएको टोलीले उप-न्यायधिवक्ता निरौलालाईलाई ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो । उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?