१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नेपालगन्जमा मोहम्मद जयन्तीको उल्लास

ठाकुरसिंह थारु

नेपालगन्ज — यहाँका मुस्लिम समुदायले शान्तिका दूत हजरत मोहम्मद जन्म जयन्ती उल्लासका साथ मनाइरहेका छन् । सयौँको संख्यामा रहेका मुस्लिम समुदायले जन्म जयन्तीको  अवसर पारेर नेपालगन्जमा बृहत र्‍याली निकाले ।

नेपालगन्जमा मोहम्मद जयन्तीको उल्लास

मोटरसाईकल, रिक्सा, चार पाङग्रे सवारी साधन र पैदल र्‍याली गरिएको छ । नेपालगन्जका विभिन्न स्थानबाट निकालिएको र्‍याली बीपी चोकमा जम्मा भएको थियो । धम्बोझी चोक, सदरलाईन हुँदै फुल्टेक्रा क्षेत्रसम्म र्‍याली पुग्यो ।


नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८ औं जन्म जयन्ती मनाईरहेका छन् । भिडलाई व्यवस्थापन गर्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।


मुस्लिम अगुवाहरुका अनुसार हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्‌को रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताउँछन् ।

प्रकाशित : मंसिर ५, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?