कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैंडा मृत फेला 

बर्दिया — बर्दिया राष्ट्रिय निकुन्जको कर्णाली नदीको भंगलो गेरुवा नदीको तटीय क्षेत्रमा गैंडा मृत फेला परेको छ ।

सेनाको बन्तरिया पोष्ट नजिक गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुन्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले उमेरले ४० कटेको बिरामी गैंडा मरेको बताए । स्थानीय मृत गैंडा देखेपछि निकुञ्जलाई जानकारी गराएका थिए ।


मृत गैंडाको सबै अंग सुरक्षित फेला परेको निकुन्जले जनाएको छ । यहाँ कर्णाली तटीय क्षेत्रमा २९ र बबई उपत्यकामा ६ गरि ३५ वटा गैंडा छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?