१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार 

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ । देवदह ५ सीता कलोनी नजिक शुक्रबार साँझ बालिका बलात्कारमा परेकी हुन् । 

बलत्कारबाट गम्भीर घाइते बनेकी ती बालिकाको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अत्यधिक रक्तश्राव भएकी बालिकाको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानाकारी दिएका छन् ।


बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई प्रकाउ गरेको छ । पक्राउ परेका सबै गाडीका हेल्पर र दैनिक मजदुरी गर्ने व्यक्ति छन् । प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको छ । अनुसन्धान प्रभावित हुने भएकाले आरोपिको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक किरण घर्तीले बताए ।


बालिकालाई प्रलोभनमा पारेर स्थानीय केही युवाले घरबाट बाहिर लगेर बलात्कारको प्रयास गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बालिकाकी आमा सुत्केरी भएर माइत गएको र बुवा समेत घरमा नरहेको बेला साझ हजुरबुवा र हजुरआमाले नातिनी नदेखेपछि खोज्दै जाँदा गम्भीर अवस्थामा भेटाएका थिए ।

प्रकाशित : मंसिर २२, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?