तीन थान भरुवा बन्दुक सहित महिला पक्राउ 

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट तीन थान भरुवा बन्दुक सहित एक जना महिला पक्राउ परेकी छन् । 

तीन थान भरुवा बन्दुक सहित महिला पक्राउ 

निकुञ्जको उत्तरी क्षेत्र खयर भट्टीको पाताचुली ईलाका खोचबाट तीन थान भरुवा बन्दुक, १५ थान फलामको गोली, बारुद ३ सय ग्राम, गोलीमा लाग्ने १ थान कैप, गन्धक बारुद १ प्याकेट, चार किलो वन्यजन्तुको सुकुटी, २ किलो बोसो र सिकार खेल्ने बन्दोबस्तीका सामग्री सहित त सुर्खेत सुकुरमालाकी अन्दाजी ५० वर्षीया नन्दकली खत्री पक्राउ परेकी हुन् ।


निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक कुमार भण्डारीले निकुञ्ज सुरक्षाका लागि तैनाथ शिवदल गणले चलाएको 'स्वीप अप्रेशन'को क्रममा ती महिला सोमबार पक्राउ परेकी हुन् ।


खत्रीले दिएको बयान अनुसार चोरी सिकार गर्न आएका ४ जना पुरुष फरार रहेका छन् । निकुञ्जले उनीहरुको खोजी जारी राखेको छ ।


उनले आफू खाना पकाउन र चोरी सिकारीलाई सहयोग गरेको बताइकी छन् । निकुञ्जले खत्री विरुद्ध चोरी सिकार ऐन अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?