कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन :मुख्यमन्त्री पोखरेल

रासस

रुपन्देही — प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन् । 

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन :मुख्यमन्त्री पोखरेल

प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले बुधबार बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकार सक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए । 'राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन' उनले भने,'मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ ।'


उनले सरकार कमजोर हुँदा संगठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गरे । उनले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताए ।

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमिन दिने कार्यक्रम ल्याएको बताए ।


कार्यक्रममा प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीले कानून कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताए ।


राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा अधिवक्ताद्वय मोहनलाल बज्राचार्य र तेजप्रसाद कँडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : मंसिर २६, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?