कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चरेस सहित दम्पति पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले चरेस सहित एक दम्पतीलाई पक्राउ गरेको छ । अटो रिक्सामा ४ किलो ४ सय ग्राम चरेस भारततर्फ लैजाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

चरेस सहित दम्पति पक्राउ

बिहीबार बिहान जिल्लाको राजापुर बजारमा ना ३ स ७५० नम्बरको अटो रिक्साबाट भारततर्फ लैजाने क्रममा प्रहरीले खानतलाशी गर्दा चरेस बरामद गरेको थियो ।


पक्राउ पर्नेमा कैलाली घोडाघोडी–२ साढेपानीका ३५ वर्षीय हरी दमाई र उनकी श्रीमती ३२ वर्षीया पार्वती रहेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।


विगत केही समय यता जिल्लामा लागू औषधको कारोबार बढेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको छ ।

प्रकाशित : मंसिर २७, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?