कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भवन छैन, गाडीमा ध्यान

गिरुप्रसाद भण्डारी

प्यूठान — भवन नहुँदा सेवाग्राहीले दु:ख पाइरहेका बेला जिल्लाका ९ वटै स्थानीय तहले महंगा गाडी किनेका छन् । स्थानीय तहका प्रमुख/उप प्रमुख गाडी हुइकिन्छन् । धेरै तहले महंगो स्र्कपियो गाडी किनेका छन् ।

स्थानीय तहका ६४ जना वडाध्यक्ष मध्ये धेरैले सरकारी मोटरसाइकल चढीरहेका छन् ।


आफनै भवन नहुँदा सेवाग्रहीले प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरे । यसतर्फ जनप्रतिनिधिको ध्यान छैन् । जनप्रतिनिधिले स्थानीय तहका पूर्वाधार निर्माणमा भन्दा आफनो सेवा सुविधामा जोड दिएको सर्वसाधरणले गुनासो गरे ।


आफै खरिद नगरेका गाउंपालिकाले भाडामा लिएर मासिक लाखौ रुपैयाँ खर्च गरिरहेका छन् । अहिले जिल्लामा सिंहदरबारको अधिकार लागू गर्ने भन्दा गाडिको दुरुपयोग बढेको गुनासो व्यापक भएको छ । बिहेभोज, कुलपुज, किनमेल गर्न, माइत जान समेत गाडीको दुरुपयोग गर्ने गरिएको जिल्लाका सामाजिक अगुवाले बताए ।


‘खानेपानी, विद्युत्, शिक्षा स्वाथ्यमा, महिला, बालबालिकाको क्षेत्रमा लगानी गर्नेभन्दा जनप्रतिनिधिले आफ्नो सेवा सुविधामा जोड दिएँ,’ स्थानीय पार्वता आचार्यले भनिन्, ‘सबै पक्षसंग समन्वयमा कमी देखिएको छ । जनताले दु:ख पाइरहेका छन् ।’


संघीयता कार्यन्वयनपछि गाउँ/गाउँमा अधिकार आउने आशा गरेका जनताले अपेक्षा अनुसारको स्थानीय सरकार भएको अनुभूति गर्न नसकेको उनले बताइन । जिल्लाका सबै स्थानीय तह भाडाको घरमा संचालित छन् । सर्वसाधरणले तिरेको लाखौ रुपैयाँ कर भाडामा खर्च भइरहेको छ ।


भवन निर्माणमा स्थानीय तहले जोड दिएका छैनन् । भवन अभावमा न्यासयक समितिले प्रभावकारी सेवा दिन सकिरहेका छैनन् । छुट्टै इजालस बन्न सकेको छैन । दैनिक कामकाजमा समस्या पर्ने गरेको कर्मचारीको गुनासो छ । विषयगत कार्यालय साँघुरो कोठामा संचालन गर्नुपर्ने बाध्यता रहेको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।


उनका अनुसार कार्यालय संचालनका लागि दुई वटा घर भाडामा लिइएको छ । त्यसको मासिक ४० हजार रुपैयाँ घर भाडा खर्च हुन्छ । ५ वटा विषयगत शाखासहित कार्यालय प्रमुखको ‘आवास’ समेत भाडामा सञ्चालन भएको उनले बताए ।


सरुमारानी गाउँपालिकाको पनि नौबहिनीकै जस्तै अवस्था छ । सरुमारानीले मासिक घर भाडामा ५० हजार रुपैयाँ तिरिरहेको छ । स्वर्गद्धारी नगरपालिकाले महिनामा ५० हजार रुपैयाँ बढी घर भाडा तिर्छ । अन्य गाउँपालिकाको पनि अवस्था यस्तै हो ।


भाडाको गाडि भन्दा आफ्नै गाडि भएपछि खर्च कम हुन थालेको गौंमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘झन्डै ४० लाख रुपैयाँ लगानीमा महेन्द्रा कम्पनीको स्कार्पीयो गाडि ल्याएका छौ,’ गिरीले भने,‘पहिले मासिक एक लाख बढि खर्च हुन्थ्यो । अहिले तीन महिनामा एक लाख खर्च हुनेगरेको छ ।’ उनले योजनाहरूको अनुगमन गर्न, महत्वपूर्ण कार्यक्रम पुग्न गाडि ल्याएपछि सहज भएको बताए ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?