लागूऔषध कारोबारी पक्राउ

माधव ढुंगाना

भैरहवा — प्रहरीले ठुलो परिणामको लागू औषध सहित एक जना कारोबारीलाई पक्राउ गरेको छ। मुलुकका विभिन्न स्थानमा लागूऔषध बेच्दै आएका नवलपरासीको रामग्राम नगरपालिका–१८ का दुर्गा प्रसाद चौधरीलाई लागू औषध सहित रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका –४ गल्लामण्डिबाट पक्राउ गरेको हो । 

लागूऔषध कारोबारी पक्राउ

उनको साथबाट प्रहरीले दुई/दुई एमएलको ३ हजार ओटा डाइजेपाम, नुफिन र फेनारगन बरामद गरेको छ । स्याउको कार्टुनमा लागूपदार्थ राखेर हिँडिरेहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


रुपन्देहीका एसपी हृदय थापाका अनुसार बरामद गरिएका लागू औषध चौधरीले फलफुलको कार्टुनभित्र राखेर काठमाडौँ पोखरा लगायतका स्थानमा पुर्‍याउने तयारी गरेका थिए ।


चौधरीले घटनामा संलग्न अन्य तीन जना कारोबारी फरार रहेको प्रहरीलाई बयान दिएका छन् ।


प्रकाशित : पुस १, २०७५ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?